१६औं हस्तकला ब्यापार मेलाको चौथो दिनमा आगन्तुकहरुको निकै घुईचो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१६औं हस्तकला ब्यापार मेलाको चौथो दिनमा आगन्तुकहरुको निकै घुईचो



काठमाडाैँ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्धारा कात्र्तिक २८ गते देखि मंसिर २ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिताको चौथोदिन सम्म आगन्तुकहरुको निकै घुईचो रहेको छ । मेलामा हिजो तेश्रो दिन सम्म करिब ७५००० अवलोकन कर्ताले मेलाको अवलोकन गरेकोअनुमान रहेको छ ।मेलामा स्टलमा भएको प्रत्यक्ष बिक्रीको आधारमा करिब १.५ करोड बराबरको आर्थिक कारोबार भईसकेको अनुमान गरिएको छ ।

मेलामा ५ वटा पेभिलियन सहित १७२ वटा स्टलहरु रहेका छन् । अन्तराष्ट्रिय क्षेत्रबाट बंगलादेश, भुटान, पाकिस्तान र चीनका प्रदर्शनकर्ताहरुले यस मेलामा भाग लिई रहेका छन् । विभिन्न जातजाती तथा समुदायमा विद्यमान हस्तकला तथा संस्कृति बीच रहको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले महासंघद्वारा एउटा भिन्नै प्रस्तुतिको रुपमा अमूर्त सांस्कृतिक सम्पदाको –Intangible Cultural Heritage) प्रदर्शनको गरिएको छ । यस प्रसंगमा आज खासगरी काठमाडौं उपत्यकाको प्रतिनिधित्वको हिसावले नेवारी संस्कृतिको पहिचान झल्किने लाखे नृत्य र च¥या नृत्य प्रस्तुतिहरुपनि प्रदर्शन गरिएको थियो ।
मेलाको चौथो दिनआज२०७५ मंसिर १ गते शनिबारनेपालको पूर्व प्रधानमन्त्री  झलनाथ खनाल, राष्ट्रबैंकका पूर्व गर्भनरहरु डा. तिलक रावल र  दिपेन्द्र बहादुर क्षेत्री, Google Boyको नामले परिचित बाल ज्ञानी गुरु आदित्य दाहाल, अमेरिकीदुताबासका प्रतिनिधिहरुर श्रीलंका राजदूतावासका प्रथम सचिव दिनेसा अादि लगायतका विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गरेका थिए । हस्तकला प्रति आगन्तुकहरुको निकै अभिरुची देखिएको छ ।

 

प्रकाशित : २ मंसिर २०७५, आईतवार ११:४२