आइतबार नेप्से १७ दशमलव ३१ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार नेप्से १७ दशमलव ३१ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १७ दशमलव ३१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स र अन्य समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १२५ कम्पनीको ३ लाख १४ हजार २ सय ९७ कित्त सेयर बाट ९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ४३ दशमलव ०७ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २९ दशमलव ११ अंकले, बैँक समुह २५ दशमलव ०८ अंकले, जलविधुत समुह १३ दशमलव २२ अंकले, विकास बैँक समुह ६ दशमलव ०५ अंकले, होटल समुह ३ दशमलव ५८ अंकले र लघुवित्त समुह ३ दशमालव ०८ अंकले ओरालो लागेको छ।
आज फाइनान्स र अन्य समुह भने उकालो लागेको छ । आज फाइनान्स समुह १ दशमलव २५ अंकले र अन्य समुह भने ० दशमलव ७३ अंकले उकालो लागेको छ।

प्रकाशित : २५ कार्तिक २०७५, आईतवार १५:१३