काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १३ दशमलव ६२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको हाेटल समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ११ लाख ९७ हजार १ सय ६ कित्त सेयर बाट ३२ करोड ६४ लाख ८३ हजार ६ सय ७३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ७९ दशमलव ७३ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ४१ दशमलव ६ अंकले, बैँक समुह १५ दशमलव ९१ अंकले,, लघुवित्त समुह १४ दशमलव ७३ अंकले, विकास बैँक समुह १० दशमलव १७ अंकले, जलविधुत समुह ९ दशमलव १९ अंकले, फाइनान्स समुह ६ दशमलव ८१ अंकले, उतपादनमुलक समुह ३ दशमलव ७२ अंकले र अन्य समुह १ दशमलव ४१ अंकले ओरालो लागेको छ।
अाज काराेबारमा अाएकाे हाेटल समुह भने उकालाे लागेकाे छ । अाज हाेटल समुह ० दशमलव ११ अंकले उकालाे लागेकाे छ ।
Comment