बुधबार नेप्से ८ दशमलव ०९ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार नेप्से ८ दशमलव ०९ अंकले उकालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ०९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन । आज कारोबारमा आएको १५ २ कम्पनीको ८ लाख ९१ हजार ६ सय ९ कित्ता सेयर बाट २३ करोड २८ लाख ९० हजार ५ सय ९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ७० दशमलव ६९ अंकले उकालो लागेको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ६३ दशमलव ६८ अंकले, लाइफ इन्स्योेरेन्स समुह २६ दशमलव ३७ अंकले, उतपादनमुलक समुह २० दशमलव १९ अंकले, अन्य समुह ८ दशमलव ५ अंकले, जलविधुत समुह ८ दशमलव ३४ अंकले, बैँक समुह ५ दशमलव ८२ अंकले, विकास बैँक समुह ४ दशमलव ८२ अंकले, फाइनान्स समुह १ दशमलव १८ अंकले र लघुवित्त समुह १ दशमलव ४७ अंकले उकालो लागेको छ ।

 

प्रकाशित : ७ कार्तिक २०७५, बुधबार १५:२३