बुधबार नेप्से उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार नेप्से उकालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको बैँक र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६२ कम्पनीको ८ लाख ५६ हजार१ सय ८७ कित्त सेयर बाट २२ करोड ६५ लाख २४ हजार ६ सय ४७ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज  हाेटल समुह ६ दशमलव ७३ अंकले ओरालो लागेको छ । अाज लघुवित्त समुह ५ दशमलव ९३ अंकले,जलविधुत समुह ५  दशमलव ६१ अंकले,  न्नलाईफ इन्स्योरेन्स समुह ५ दशमलव ०९ अंकले , विकास बैँक समुह ३ दशमलव ८ अंकले, फाइनान्स समुह २ दशमलव २२ अंकले , अंन्य समुह १ दशमलव ४५ अंकले र लाईफ इन्स्यारेन्स समुह १ दशमलव १८ अंकले  अ‍ोरालो लागेको छ ।

आज बैँक र उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह ६ दशमलव १५ अंकले र बैँक समुह २ दशमलव ३८ अंकले उकलो लागेको छ ।

प्रकाशित : २४ आश्विन २०७५, बुधबार १५:२५