बिजि मलमा सुरु भयो फ्यान्टास्टिक दशैं तिहार उपहार योजना, मोटरसाइकल, स्कूटर र बैंकक भ्रमणको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिजि मलमा सुरु भयो फ्यान्टास्टिक दशैं तिहार उपहार योजना, मोटरसाइकल, स्कूटर र बैंकक भ्रमणको अवसर



काठमाण्डौं । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ ।
फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट सेवा ग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहार सहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।
यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन ।
बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले टिभिएसको अपाची मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने गिरीले बताए । गिरीका अनुसार उपहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १५:३७