काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव १३ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको २४ लाख २४ हजार ३ सय ३ कित्त सेयर बाट ६८ करोड ७६ लाख ८८ हजार ६ सय ५३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह २ सय ३ दशमलव ४६ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह १ सय १९ दशमलव ७३ अंकले, उतपादनमुलक समुह २४ दशमलव ५१ अंकले, लघुवित्त समुह ५दशमलव ६३ अंकले र टे«डिड. समुुह ३ दशमलव १७ अंकले उकालो लागेको छ।
आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह १८ दशमलव ८४ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह १० दशमलव २८ अंकले, बैँक समुह ७ दशमलव ०२ अंकले, विकास बैँक समुह ५ दशमलव १५ अंकले, अन्य समुह २ दशमलव ४८ अंकले र फाइनान्स समुह २ दशमलव ४४ अंकले ओरालो लागेको छ।
१ आश्विन २०७५, सोमबार १५:२२
Comment