काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ११ दशमलव ६९ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६६ कम्पनीको ३० लाख ७० हजार २ सय ३१ कित्त सेयर बाट ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह ४८ दशमलव ५ अंकले उकालो लागेको छ । आज उतपादनमुलक २६ दशमलव ५१ अंकले, विकास बैँक समुह २० दशमलव ८९ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह २० दशमलव १८ अंकले, बैँक समुह १३ दशमलव ७१ अंकले, लघुवित्त समुह ८ दशमलव ३१ अंकले, जलविधुत समुह ६ दशमलव ५४ अंकले, होटल समुह ४ दशमलव ३५ अंकले र अन्य समुह ० दशमलव ५४ अंकले उकालो लागेको छ।
३१ भाद्र २०७५, आईतवार १५:१२
Comment