काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव ७९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६६ कम्पनीको १२ लाख ७२ हजार १ सय ८ कित्त सेयर बाट ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ८५ दशमलव ९४ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ६७ दशमलव ४२ अंकले, लघुवित्त समुह २४ दशमलव ९३ अंकले, विकास बैँक समुह १५ दशमलव ३२ अंकले, जलविधुत समुह १४ दशमलव ४३ अंकले, अन्य समुह ८ दशमलव ०८ अंकले, बैँक समुह ७ दशमलव १६ अंकले, उतपादनमुलक समुह ६ दशमलव ८१ अंकले, होटल समुह ४ दशमलव २३ अंकले, फाइनान्स समुह १ दशमलव ०३ अंकले र टे«डिड. समुह ० दशमलव ४२ अंकले ओरालो लागेको छ।
२४ भाद्र २०७५, आईतवार १५:२१
Comment