महिन्द्रा ‘प्लस न्यू एक्सयूभी ५००’ नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

महिन्द्रा ‘प्लस न्यू एक्सयूभी ५००’ नेपालमा



काठमाडाैं । सनरूफसहितको महिन्द्राले स प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा ल्याएको छ। महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले एक कार्यक्रम गरेर यो गाडीको बिक्री सुरू भएको घोषणा गरेको छ।आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले जनाएको छ ।

गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति रहेको छ भने छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसमा विभिन्न सुविधाहरू इन्ह्यान्सड गरिएको छ । ६ वटा एयरब्याग छ । यसमा पहिलोपटक स्मार्ट वाच कनेक्टिभिटी सुविधा पनि छ । एवीएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक पनि छ। यो गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँदेखि सुरु हुनेछ ।

प्रकाशित : १२ भाद्र २०७५, मंगलवार १३:५२