काठमाडाै ।
हामी सबै शिर्जनशिल महिलाको एउटै नारा।
सिप सिकौं, उद्यम गरौं, वनौ आत्मनिर्भर सारा ।
महिला शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकम को व्यवस्थापनमा यहि भाद्र ७ गते विहिबारदेखि नेपालको सबभन्दा ठुलो प्रदर्शनी हल भृकुटिमण्डपमा १७औं तिज महोत्सव ‘बृहत तिज व्यापार मेला’ शुरु भएको छ । महिला, बालबालिका तथा समाजकल्याण माननिय मन्त्री थम माया थापाबाट समुद्घाटन भएको यस मेलामा २०० वटा भन्दा बढि स्टलहरु राखिएको छ ।
यहि भदौ १० गतेसम्म आयोजना हुने मेलामा महिलाहरुले विशेषगरि तिजको अवसरमा प्रयोग गर्ने सामाग्रीहरुका साथै नेपाली हस्तकला, गरगहना, श्रृंगारका सामाग्रीहरु, नेपाली अर्गानिक खाद्य पदार्थलगायतका सामाग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।
यस मेलालाई जापानी प्रसिद्ध ब्राण्ड ‘मिनीसो’ ले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टि को सहकार्य रहेको छ ।
मेलामा १० भन्दा बढि स्टलहरु असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनीहरुलाई निशुल्क उपलब्ध गराईएको छ ।
सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उद्धेश्यले शुरु भएको तिज महोत्सव मेला यस पटक काठमाडौं केन्द्र भृकुटिमण्डपमा आयोजना भएको छ
मेलाको अवधिभर १,००,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका छौं । महिला शिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उकृष्ट व्यवसायलाई अवार्ड दिने प्रदान गरिने छ ।
Comment