काठमाडाै । बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
मंगलबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार पनि सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार पनि सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।










Comment