कालिका पावरले १२ लाख कित्ता आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कालिका पावरले १२ लाख कित्ता आईपिओ निष्काशन गर्ने



काठमाडाै । कालिका पावर कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । यस अघि स्थानीयलाई शेयर निष्काशन गरिसकेको कालिकाले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

अब कम्पनीले १२ करोड रुपियाँको १२ लाख कित्ता शेयर जारी गर्नेछ । शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् ।

यस अघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दालाई जारि पुंजीको १० प्रतिशत अर्थात ६ लाख कित्ता शेयर निष्काशन गरी सकेको छ ।

कम्पनीले गोरखामा ६ मेगावाटको दरौंदी ‘ए’ परियोजना संचालन गरिरहेको छ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार ११:२१