अन्तराष्ट्रिय स्तरको बहसमहासंग्राम २०१८ काठमाडौमा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तराष्ट्रिय स्तरको बहसमहासंग्राम २०१८ काठमाडौमा सम्पन्न



काठमाडौ ।नेपालका युवा बहसकर्ताहरुलाई अन्तराष्ट्रिय स्तरको बहसमा भाग लिने अवसरको सृजना गर्ने उद्देश्यका साथ महासंग्राम २०१८ सम्पन्न भएको छ । Debate Network  र जेभिएर एकेडेमी, लाजिम्पाटद्वारा संयुक्त रुपमा आयोजना गरिएको प्रतियोगिताका साउन २५ देखि २८ गतेसम्मजेभिएर एकेडेमी, लाजिम्पाटमा संचालन भएको थियो । चार दिन लामो कार्यक्रममा वक्ताहरुलाई गहन प्रशिक्षणका साथसाथै बेलायति संसदीय मोडलमा प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रमको मुख्य उदेश्य युवाहरुलाई सशक्त बनाउनुका साथसाथै उनीहरुको बहसमा उपस्थितीलाई संख्यात्मक र गुणात्मक दुबै हिसाबले अभिवृद्दि गर्नु थियो । यसको लागि उनीहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक तथा अन्य विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनुका साथै प्रतिस्पर्धा गराइएको थियो । नेपालमा बहसको संस्कृतिलाई संस्थागत गराउने क्रममा अर्को सफलताको रुपमा यो प्रतियोगितालाई हेरिएको छ । देशभरीबाट ५० टोलीले अंग्रेजी तर्फखुल्ला र नोभिस तथा नेपाली तर्फ खुल्ला प्रतियोगितामा भाग लिएका थिए ।
फाइनलमा नेपालीको खुल्ला तर्फ आयाम समुहका दिपशिखा घिमिरे र अनुशा नेपालले सफलता हात पारे भने अंग्रेजी खुल्ला तर्फ Trustworthy Liar समुहका सविश्र कडेँल र असिम अन्सारी तथा अंग्रेजी नोभिस प्रतियोगितामा मिलनसार समुहका प्रियङ्का आर्चाय र वृत्ति पौडेले प्रथम स्थान प्राप्त गरे । अनुदित बस्नेत, आङसोम शेर्पा र आशिस पौडेललाई उत्कृष्ट नेपाली, अंग्रेजी र नोभिस वक्ताको उपाधि दिइयो । उत्कृष्ट निर्णायक प्रदिप घिमिरे घोषित भए ।
DNN का अध्यक्ष राज खरेलले सहभागिहरुलाई सम्बोधन गर्दै, महासंग्राम २०१८ विषयहरुको छनोट र विचारहरुको गहनता दुवैका हिसाबले यो वर्षकै सबैभन्दा प्रतिस्पर्धात्मक बहस प्रतियोगिता हुन पुगेको बताए । प्रतियागिताको निर्णायक मण्डलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खारिएका बहसकर्ताहरुको समुह थियो । बंगलादेशका आकिब फरहान हुसेनका साथमा पवन अधिकारी, निश्मा गौतम लगायत मुख्य निर्णायक मण्डलमा समावेश थिए।
महासंग्राम २०१८ लाई बैंक अफ काठमाडौं र माथेमा फाउण्डेशनले साथ दिएको थियो भनेनोबेल ट्रेक्स र ग्रेस इन्टरनेशनलको पनि साझेदारी रहेको थियो । जेभियर एकेडेमीका ईशा सुवेदी र अमिरा न्यौपाने तथा DNNकाे तर्फ बाट एलिश श्रेष्ठ कार्यक्रम संयोजकको भुमिकामा थिए ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १३:५७