झिनो अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

झिनो अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ६१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६६ कम्पनीको १३ लाख ६१ हजार ६ सय २७ कित्त सेयर बाट ४५ करोड ५२ लाख ४३ हजार ७ सय ८५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह २९ दशमलव ८७ अंकले ओरालो लागेको छ । आज होटल समुह २७ दशमलव २५ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह २० दशमलव ७७ अंकले, जलविधुत समुह १६ दशमलव ७७ अंकले, लघुवित्त समुह १३ दशमलव ७८ अंकले,टे«डिड. समुह ३ दशमलव ७१ अंकले, फाइनान्स समुह २ दशमलव ७५ अंकले, अन्य समुह २ दशमलव ६४ अंकले र विकास बैँक समुह २ दशमलव ५३ अंकले ओरालो लागेको छ।
आज बैँक र उतपादनमुलक समुह भने उकालो लागेको छ। आज बैँक समुह ४ दशमलव १ अंकले र उतपादनमुलक समुह भने ७७ दशमलव ३२ अंकले उकालो लागेको छ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १५:३९