उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ। सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १२ दशमलव २७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।आज कारोबारमा आएको १५९ कम्पनीको ११ लाख ७६ हजार ५ सय ९२ कित्त सेयर बाट ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ४७ दशमलव ०२ अंकले उकालो लागेको छ । आज जलविधुत समुह ५० दशमलव २३ अंकले ,उतपादनमुलक समुह ३२ दशमलव ५१ अंकले,होटल समुह ३२ दशमलव २९ अंकले, विकास बैँक समुह २४ दशमलव ५९ अंकले,लघुवित्त समुह १२ दशमलव ६२ अंकले, बैँक समुह ६ दशमलव ०५ अंकले, फाइनान्स समुह २ दशमलव ८८ अंकले र टे«डिड. समुह १ दशमलव ९४ अंकले उकलो लागेको छ।
आज अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह २ दशमलव ६७ अंकले ओरालो लागेको छ।

प्रकाशित : ३२ असार २०७५, सोमबार १५:२६