काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव ०१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १५८ कम्पनीको ६ लाख १९ हजार ७ सय ४१ कित्त सेयर बाट १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ८९ दशमलव ०३ अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह २५ दशमलव ७४ अंकले, विकास बैँक समुह २० दशमलव १४ अंकले, होटल समुुह १८ दशमलव ६४ अंकले, जलविधुत समुह १५ दशमलव ७ अंकले,बैँक समुह १२ दशमलव १४ अंकले, उतपादनमुलक समुह ६ दशमलव ९९ ,फाइनान्स समुह ६ दशमलव १६ अंकले र अन्य समुह ३ दशमलव ४६ अंकले ओरालो लागेको छ ।
१७ असार २०७५, आईतवार १५:२०
Comment