काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ९ दशमलव ७२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५८ कम्पनीको ५ लाख ७४ हजार ७ सय ८१ कित्त सेयर बाट १८ करोड ५१ लाख ७० हजार ५३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ७९ दशमलव ७६ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह १७ दशमलव १२ अंकले, लघुवित्त समुह १३ दशमलव ७५ अंकले, विकास बैँक समुह १० दशमलव २९ अंकले, बैँक समुह ८ दशमलव ११ अंकले, अन्य समुह ३ दशमलव १ अंकले र फाइनान्स समुह ० दशमलव ९४ अंकले ओरालो लागेको छ।
आज होटल र लघुवित्त समुह भने उकालो लागेको छ। आज होटल समुह २ दशमलव २६ अंकले र उतपादनमुलक समुह १ दशमलव ८६ अंकले उकलो लागेको छ।
११ असार २०७५, सोमबार १५:२१
Comment