आजदेखि नाडेपको आइपीओ निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजदेखि नाडेपको आइपीओ निश्कासन



काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले आज(असार १० गते)देखि सर्वसाधारणका लागि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको छ ।नाडेपले १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख बराबरको आइपीओ निश्कासन गरेको हो ।

आइपीओमा छिटोमा असार १३ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।कुल निश्कासन हुने ४ लाख ८० हजार कित्तामध्ये ५ प्रतिशतले हुन आउने २४ हजार कित्ता नाडेपका कर्मचारीका लागि तथा २४ हजार कित्ता नै म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ९० प्रतिशत चाहि सर्वसाधारणका लागि छुट्याइएको छ ।

यो कम्पनीले कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री हुन लागेको हो ।इच्छुक लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम २४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत आधार भन्दा कमजोर रहेको भन्ने देखाउँछ ।

प्रकाशित : १० असार २०७५, आईतवार ११:४१