काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ३४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५६ कम्पनीको २५ लाख ९१ हजार ९ सय ०९ कित्त सेयर बाट २७ करोड ३८ लाख ३२ हजार ९ सय ९२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ४० दशमलव ८८ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह २० दशमलव ७१ अंकले, लघुवित्त समुह १० दशमलव ११ अंकले, अन्य समुह ७ दशमलव ९१ अंकले, विकास बैँक समुह ७ दशमलव १८ अंकले, होटल समुुह ६ दशमलव ७८ अंकले, बैँक समुह ६ दशमलव ४१ अंकले, उतपादनमुलक समुह ३ दशमलव ६५ अंकले र फाइनान्स समुह १ दशमलव ६९ अंकले ओरालो लागेको छ।
६ असार २०७५, बुधबार १५:१८
Comment