काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव ९७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएको १५७ कम्पनीको ५ लाख ८७ हजार ५ सय ५८ कित्त सेयर बाट २० करोड ८४ लाख ८६ हजार १ सय ५५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ९३ दशमलव ९ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह १९ दशमलव १२ अंकले,विकास बैँक समुह १४ दशमलव ४८ अंकले, लघुवित्त समुह १४ दशमलव २९ अंकले,होटेल समुह ८ दशमलव ०५ अंकले, बैँक समुह ५ दशमलव ८६ अंकले, अन्य समुह ३ दशमलव ४६ अंकले, फाइनान्स समुह ३ दशमलव १२ अंकले र जलविधुत समुह २ दशमलव ६२ अंकले ओरालो लागेको छ।
Comment