सेयर बजार झिनो अंकले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजार झिनो अंकले उकालो लाग्यो



काठमाडौँ । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ९२ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएका १ सय ५४ कम्पनीको ४ लाख ८४ हजार ६ सय ४५ कित्ता सेयर बाट १९ करोड ५२ लाख ३४ हजार १ सय २६ रुपैयाको कारोबार भएको छ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह २२ दशमलव ५२ अंकले उकालो लागेको छ। अाज जलविधुत समुह ९ अंकले, लघुवित्त समुह ८ दशमलव ७ अंकले, अन्य समुह ५ दशमलव २६ अंकले र होटल समुह ४ दशमलव ३८ अंकले उकालो लागेको छ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह ८ दशमलव १८ अंकले ओरालो लागेको छ । आज विकास बैँक समुह १ दशमलव २७ अंकले, बैँक समुह ० दशमलव ५४ अंकले र फाइनान्स ० दशमलव २६ अंकले ओरालो लागेको छ।

प्रकाशित : ४ असार २०७५, सोमबार १५:१७