नेप्से १४ दशमलव ०७ अंकले ओरालो लाग्यो,कस्ले कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से १४ दशमलव ०७ अंकले ओरालो लाग्यो,कस्ले कति गुमाए ?



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव ०७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १५८ कम्पनीको ६ लाख ६४ हजार ५ सय २१ कित्त सेयर बाट २४ करोड ५० लाख ५३ हजार ७ सय ७० रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ७२ दशमलव ४ अंकले ओरालो लागेको छ । आज जलविधुत समुुह २७ दशमलव ०५ अंकले, लघुवित्त समुह २० दशमलव ७६ अंकले, विकास बैँक समुह १२ दशमलव ९९ अंकले, बैँक समुह १२ दशमलव ५१ अंकले, अन्य समुह ९ दशमलव १३ अंकले ,उतपादनमुलक समुह ७ दशमलव २३ अंकले र फाइनान्स समुह ६ दशमलव ५२ अंकले ओरालो लागेको छ।

अाज होटल समुह भने उकलो लागेको छ। आज होटल समुह २८ दशमलव ९५ अंकले उकालो लागेको छ।

प्रकाशित : ३ असार २०७५, आईतवार १५:२१