काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ५ दशमलव २३ अंकले उकाालो लागेको छ । आज कारोबारमा आएको इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन्। आज कारोबारमा आएको १६५ कम्पनीको ९ लाख १२ हजार ७ सय ५० कित्त सेयर बाट ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ। आज उतपदनमुलक समुह ४८ दशमलव ८७ अंकले उकालोे लागेको छ । आज जलविधुत समुह २८ दशमलव ७१ अंकले, होटल समुुह १९ दशमलव ४५ अंकले,लघुवित्त समुह १३ दशमलव ३७ अंकले, विकास बैँक समुह ४ दशमलव ६८ अंकले, अन्य समुह ३ दशमलव ७८ अंकले, बैँक समुह २ दशमलव ८८ अंकले र फाइनान्स समुह २ दशमलव ३५ अंकले उकालो लागेको छ ।
आज इन्स्योरेन्स समुह भने ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह ५ दशमलव ४७ अंकले ओरालो लागेको छ।
३१ जेष्ठ २०७५, बिहीबार १५:१८
Comment