उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से २ दशमलव ८१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६१ कमपनीको ६ लाख २० हजार ८ सय १९ कित्ता सेयर बाट २० करोड ८५ लाख ५४ हजार ४ सय ४६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १८ दशमलव ६६ अंकले उकालो लागेको छ । आज होटल समुह १७ दशमलव ६४ अंकले, उतपादनमुलक समुह ११ दशमलव ६४ अंकले, जलविधुत समुह ८ दशमलव ३४ अंकले, विकास बैँक समुह ६ दशमलव ८४ अंकले,लघुवित्त समुह ५ दशमलव २५ अंकले,बैँक समुह २ दशमलव ४३ अंकले,फाइनान्स समुह २ दशमलव २२ अंकले र ट्रेडिड. समुह ० दशमलव ३४ अंकले उकलो लागेको छ ।
आज अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह ३ दशमलव १७ अंकले ओरालाे लागेको छ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार १५:२३