काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको शुरु गरेको छ । यस अभियान अबधिभर, आइए एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने जनाएको छ ।
यति मात्र नभई यस कोरियन लक्जरी शुभ ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, ३ वर्षे वारेन्टी, चालु आर्थिक वर्षको निःशुल्य सवारी कर, निःशुल्क एक्सोसरिज लगायतका समेत सुविधा दिने कम्पनीले जनाएको छ ।
ग्राहकलाई असल सुबिधा दिन तत्पर रहेको र अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४०५ सम्मको अन्तशुल्क बढाएको हुँदा ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान शुरु गरिएको कम्पनीका सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले बताए । आचार्यका अनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।
स्याङयोङ मोटर्स, दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ठ र प्रतिष्ठित एसयूवी ब्रान्ड ओटोमोबाइल कम्पनि हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको छ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो ।
कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र ःएख् हरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।
Comment