ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव ६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएको १६१ कम्पनीको ७ लाख ९१ हजार ७ सय २८ कित्त सेयर बाट ३७ करोड ३५ लाख ६२ हजार १ सय ४१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ६२ दशमलव ३४अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह ३३ दशमलव ९८ अंकले,विकास बैँक समुह १४ दशमलव ५३ अंकले,बैँक समुह १३ दशमलव ५८ अंकले, जलविधुत समुह १२ दशमलव ७१ अंकले, होटल समुुह ४ दशमलव ९३ अंकले,अन्य समुह ४ दशमलव ७७ अंकले र फाइनान्स समुह ० दशमलव ६३ अंकले ओरालो लागेको छ।

आज टे«डिड. र उतपादनमुलक समुह भने उकलो लागेको छ । आज उतपादनमुलक समुह ११ दशमलव ४१ अंकले र टे«डिड. समुह २ दशमलव ९६ अंकले उकालो लागेको छ ।

प्रकाशित : १० जेष्ठ २०७५, बिहीबार १५:२७