काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ५५ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १६१ कम्पनीको ४ लाख ७० हजार ६ सय १२ कित्त सेयर बाट २९ करोड ६३ लाख ७ हजार ९ सय ३७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह २६ दशमलव ५७ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह १४ दशमलव ५८ अंकले, बैँक समुह ६ दशमलव १२ अंकले,विकास बैँक समुह ५ दशमलव ५८ अंकले, होटल समुुह ५ दशमलव ०४ अंकले, जलविधुत समुह २ दशमलव ९१ अंकले र फाइनान्स समुह २ दशमलव ६९ अंकले ओरालो लागेको छ ।
आज अन्य र लघुवित्त समुह भने उकालो लागेको छ । आज लघुवित्त समुह ५ दशमलव ५७ अंकले र अन्य समुह २ दशमलव ३२ अंकले उकालो लागेको छ।
९ जेष्ठ २०७५, बुधबार १५:१८
Comment