काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ३१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल, उतपादनमुलक र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको १९ लाख ३० हजार ८ सय २१ कित्त सेयर बाट ५३ करोड ८ लाख ६९ हजार ३ सय ८९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह २४ दशमलव ४५ अंकले ओरालो लागेको छ । आज विकास बैँक समुह ७ दशमलव २ अंकले, अन्य समुह ५ दशमलव ३५ अंकले, बैँक समुह ४ दशमलव १४ अंकले,जलविधुत समुह ३ दशमलव ९३ अंकले र फाइनान्स समुह १ दशमलव ५६ अंकले ओरालो लागेको छ ।
आज होटल,उतपादनमुलक र लघुवित्त समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह ५ दशमलव ८५ अंकले,लघुवित्त समुह ५ दशमलव ७५ अंकले र होटल समुह २ दशमलव ९३ अंकले उकालो लागेको छ ।
८ जेष्ठ २०७५, मंगलवार १५:२१
Comment