जनता बैंकद्धारा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकद्धारा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर सञ्चालन



काठमाडौ । जनता बैंक नेपाललिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैंकले गत बैशाख २८, २९ र ३० मा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखिएकोमाकूल १२ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएका िथए । सो मध्ये ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ ।

उक्तअपरेशनमाजनता बैंकले आर्थिक सहयोग गर्ने छ । साथै ५०० जना भन्दा बढीआँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्कचस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो ।  आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमाशिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्षी ओमबहादुर गुरुङले गाउँ सम्मआई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगि संस्थाहरु प्रति हार्दिक आभार व्यक्त  गरेका थिए ।

उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सकतथा स्वास्थ्यकर्मिहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्यनारी पहल मार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पु¥याउने उद्देश्यले बैंकले स्त्रीतथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनिगर्दै जाने योजना बनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहीबार १७:११