सामाजिक कार्यमा महालक्ष्मी विकास बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामाजिक कार्यमा महालक्ष्मी विकास बैंक



काठमाडाै । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. को पुतलीसडक शाखाले शुक्रबार रुद«मती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई रु ३५,०००÷– बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । गत सोमवारका दिन बैँकको सिमरा शाखाको आयोजनामा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित श्री सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृित्त वितरण कार्यक्रम सम्पन्न समेत गरेको थियो ।

उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रा लाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप कुल रकम रु २५,०००÷– वितरण गरिएको थियो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहीबार १६:५७