यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालय तानिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालय तानिए



काठमाडाै । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालय बोलाउने निर्णय गरेका छन् । सिन्डिकेट अन्त्यका लागि अहम् भुमिका खेलेका भट्टराइलाई हटाइनु रहस्यमय देखिएको छ ।

सिन्डिकेट अन्त्यको प्रयास हुँदादेखि नै मन्त्री महासेठ महानिर्देशक भट्टराइसंग असन्तुस्ट हुँदै आएका थिए । मन्त्री वार्ताबाट समस्था समाधान गर्न पर्छ भन्थे भने, महानिर्देशक भट्टराई कानुनमा भएको व्यवस्था कार्यान्यन गर्न छलफल आवश्यक नपर्ने बताउँथे । भटट्टराइले गत चैतमा नयाँ कार्याविधि ल्याएर सिन्डिकेट अन्त्यका प्रयास थालेका थिए ।

अहिले यातायात समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था खारेज भइसकेको छ भने यातायात सेवा संचालकहरु अनिवार्य कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आउन बाँकी छ । यसको व्यवस्थापनका लागि दरो नेतृत्व आवश्यक पथ्र्यो । तर अब मन्त्रीको फेवरको महानिर्देशक आउँदा सिन्डिकेट अन्त्यको प्रयास विफल हुने त होइन भन्ने प्रश्न उब्जिएको छ । मन्त्रीले बुधबार राती महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् ।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहीबार ११:४३