ग्रिन डेभलपमेन्ट बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रिन डेभलपमेन्ट बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने



काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूह गरी ६ लाख ५१ हजार २१३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

लिलामीका लागि जेठ १० देखि बिक्री खुला भई १७ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

बैंकको संस्थापक तर्फ ३ लाख ३७ हजार ५०० र सर्वसाधारण तर्फ ३ लाख १३ हजार ७१३ कित्ता हकप्रदका लागि आवेदन नपरेपछि लिलामीबाट बिक्री गर्न लागेको हो ।

बैंकले चुक्तापुँजी बढाउन गत माघ १० देखि फागुन २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । पर्याप्त आवेदन नपरेपछि लिलामी गर्न लागेको हो ।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहीबार ११:०५