काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ । आज नेप्से ४ दशमलव ३२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४३ कमपनीको ३ लाख १९ हजार २ सय ६० कित्ता सेयर बाट १४ करोड ९२ लाख ३९ हजार ९ सय ५५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह ३२ दशमलव ९५ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह १३ दशमलव १४ अंकले, इन्स्योरेन्स समुह १२ दशमलव ७६ अंकले, विकास बैँक समुह १० दशमलव ९६ अंकले, लघुवित्त समुह ५ दशमलव ६२ अंकले, बैँक समुह ४ दशमलव २८ अंकले,फाइनान्स समुह १ दशमलव ३३ अंकले र अन्य समुह ० दशमलव ५३ अंकले ओरालो लागेको छ ।
आज टे«डिड. समुहले र उतपादनमुलक समुहले भने कमाएका छन् । आज उतपादनमुलक समुह २८ दशमलव १६ अंकले रटे«डिड. समुह ५ दशमलव ४९ अंकले उकलो लागेका छन् ।
१ जेष्ठ २०७५, मंगलवार १५:१६
Comment