एनआइसी एशिया बैंक भोजपुरको वैकुण्ठेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एशिया बैंक भोजपुरको वैकुण्ठेमा



काठमाडौं । एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक चन्दन कटुवालले जानकारी दिए ।

स्थानीय तह निर्माण पश्चात् पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन् । नौ स्थानीय तह रहेको भोजपुरमा केही समयमा नै सबै क्षेत्रमा बैंक जाने बताइएको छ ।

बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब रु २३ करोड बजेट कारोबार गर्नेछ । त्यसैगरी, बैंकले विभिन्न किसिमका खाता सञ्चालन, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलवार ०८:५६