रैराङ हाइड्रोपावरको आईपिओ बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रैराङ हाइड्रोपावरको आईपिओ बिक्रि खुला



काठमाडाै । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि आज बैशाख ३१ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनी ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।

८ लाख ४० हजार कित्ता मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ४२ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफांड गरिएको छ । बाँकि ७ लाख ६४ हजार ४ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन दीईसक्नु पर्ने छ ।

इच्छुक लगानीकर्ताले सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट वा मेरोशेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । आवेदन दिन सीआरएन नम्बर अनिवार्य छ ।

कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार ०८:४५