काठमाडौं । खानीखोला हाईड्रोपावरले ललितपुरको भट्टेडाँडास्थित ठोस्ने खोला र टुंगुन खोलाको पानीबाट ६.३६ मेगावाट विजुली निकाल्न लागेकोे भए पनि खोलाको मुहान नै सुक्न लागेको छ ।
स्थानीय प्रभावित क्षेत्रका वासीन्दालाई १० प्रतिशत र आम सर्वसाधारालाई १५ प्रतिशत सेयर बिक्री गरेको कम्पनीले हालसम्म पनि राष्ट्रिय प्रसारण लाईनमा उत्पादीत विजुली जडान गरेको छैन । भुकम्प पछि एकाएक सुक्न लागेको खोला हरेक वर्ष सुक्ने क्रम जारी छ हाईड्रोपावर शुरुगर्दाको भन्दा आधा पानी घटेको स्थानीयले बताएका छन । हाईड्रोपावरले उत्पादीत विजुली स्थानीय स्तरमा वितरण गरेको छ ।
अहिले करिव दूई मेगावाटमात्र विजुली उत्पादन भएको छ । विजयमान सेरचन अध्यक्ष रहेको कम्पनीले संखुवासभाको एक हाईड्रोमा पनि लगानी गरेको छ ।दिन प्रतिदिन खोलासुक्दै गए पछि सर्वसाधारणले सेयरमा गरेको लगानी पनि स्वाहा हुने स्थितिमा पुगेको छ ।
एक स्थापक लगानी कर्ताले भने हाम्रो लागनी माटो हुने भो ! यस सम्वन्धमा कम्पनीका अध्यक्ष विजय सेरचन संग प्रतिक्रीया लिन सोज्दा सम्पर्क हुन सकेन ।
खानीखोला मात्र हैन पछिल्लो समयमा प्राय सबै हाईड्रोपावर कम्पनीहरुले नाफा बढाउन सकेका छैनन केहि हाईड्रोपावर कम्पनीहरु आन्तरीक कलहमा रुमलीएका छन त्यसले पनि हाईड्रोपावरक्षेत्रको लगानीमा आम सर्बसाधारणको आकर्षण छैन ।
Comment