अर्बपति बन्ने मन भए बैंक छाडेर कम्पनी खोल्नुसः गभर्नर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्बपति बन्ने मन भए बैंक छाडेर कम्पनी खोल्नुसः गभर्नर नेपाल



काठमाडाै । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक सञ्चालनको जिम्मा व्यवस्थापनलाई छाडेर उनीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाईदिन बैंक सञ्चालकलाई निर्देशन दिएका छन् । बैंक सञ्चालकले बढि नाफा खोज्नका लागि जथाभावी कर्जा विस्तारको दबाब दिँदै प्रमुख कार्यकारी अधिकृत (सिईओ) निश्काशन गर्ने प्रचलन बढ्दै गएको बताउदै उनले अर्बपति बन्ने मन भए व्यक्तिगत कम्पनी खोलेर काम गर्न अाग्रह गरे ।

‘बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो प्रतिफल दिने ठाउँ होइन,’ मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, ‘ जनताबाट संकलन गरेको निक्षेपलाई आफ्नै ढुकुटीको सम्पति जसरी जथाभावी खर्च गर्दै आएका छन् ।’

प्रकाशित : ३० बैशाख २०७५, आईतवार १४:१६