सिद्धार्थ इन्स्योरेन्सको मुनाफा २८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको मुनाफा २८ प्रतिशतले बढ्यो



काठमाडौं  । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २८ दशमलव ८१ प्रतिशतले वृद्धि गरी १८ करोड ४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड रुपैयाँ कमाएको थियो ।

६४ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडकोषमा १२ करोड ७ लाख रुपैयाँ र बीमाकोषमा ५० करोड २९ लाख रुपैयाँ राखिएको छ । जसको आम्दानीमा ३० करोड ९ लाख रुपैयाँ पुर्याएको छ भने खर्चमा १२ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा शुल्क खुद ६५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने दाबी भुक्तानी खुद ३१ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जारी बीमालेखको संख्या ८४ हजार ८ सय ९५ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या ४ हजार १ सय १० वटा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३७ दशमलव ५० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव २४ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ७ दशमलव १६ रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० बैशाख २०७५, आईतवार १४:००