शेर्पा ब्रुअरीकोे उत्पादन ड्राफ्ट बियरको पोखरामा औपचारिक शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेर्पा ब्रुअरीकोे उत्पादन ड्राफ्ट बियरको पोखरामा औपचारिक शुभारम्भ



काठमाडाै । शेर्पा ब्रुअरीको उत्पादन ड्राफ्ट बियरको पोखरामा औपचारिक शुभारम्भ भएको छ । चितवनमा उत्पादन भएर बजारमा उपलब्ध सो बियरको प्रदेश नं ४ का सांसद राजिब पहारीले शुभारम्भ गरेका हुन् ।

 

पहारीले युबाको पहलमा शुरु भएको सो बियरको उज्जवल भबिष्य रहेको भन्दै सरकारले लियको युबा उद्यमशिलताको नीतिमा सबै युबा समाहित हनुपर्ने बताए । युबाहरु अब स्वदेशमा नै क्रियाशील हुनु पर्ने उनको भनाई छ । उनले युबाहरु बिदेश पलायन हुनु पर्ने अबस्थाको अब अन्त्य हुने भन्दै सम्बृद्ध नेपालको निर्माणमा अब युबा कम्मर कसेर स्वदेशमा नै श्रम शिप खर्चिन तर्फ लाग्नु पर्ने बताए ।

सो अबसरमा ब्रुअरीका प्रमुख कार्यकारी अधिकृत फुर्बा शेर्पाले बियरको बारेमा जनाकारी दिदै अब स्वदेशी उत्पादनलाइ प्रश्रय दिने गरि नीति निर्माण बनाउन सरकारलाई आग्रह गर्दै आफुहरु देशको निम्ति बिदेशका अनेक सम्भाबनाहरुलाई त्यागेर क्रियाशील भएको बताए । शेर्पाले अब देशमा मात्रै हैन बिदेशमा पनि निर्यात गर्ने आफुहरुको योजना मुताबिक छिट्टै थाइलेण्ड लगायतका देशमा पु¥याउने तयारीमा रहेको जानकारी दिए ।

पोखराको लेकसाइड स्थित ओजन क्लबको हलमा आयोजित सो शुभारम्भ कार्यक्रममा शेर्पा ब्रुअरीका सेल्स म्यानेजर छिरिंग शेर्पाले बियरको बिशेषताको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित : 12 May, 2018 6:15 pm