काठमाडाै । कुमारी बैंकले शुक्रबारदेखि २० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ । बैंकले चुक्ता पूँजीको २० प्रतिशत अर्थात १० बराबरको दुई कित्ता अनुपातमा एक करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद निष्काशन गरेको हो ।

हकप्रदमा वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भएर कायम रहेका शेयरधनीले आगामी जेठ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् ।
बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ । बैंकका सेयरधनीले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
त्यसका अलवा क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोकबुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट तथा कुमारी बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट समेत हकप्रदमा आवेदन गर्न सक्नेछन् ।





Comment