काठमाडाै । अब देखि मदिरा पिउनुअघि बाबु बाजेको नाम खुलाएर मात्र मदिरा पिउनु पर्ने भएको छ । सरकारले अब देखि मदिरा पिउनु अघि नै आफ्नो तीनपुस्ते उल्लेख गर्नुपर्नेछ निति ल्याउदै छ । यातायात सिन्डिकेटको अन्त्यपछि गृह मन्त्री रामबहादुर थापा ‘वादल’ को निर्देशनमा गृह मन्त्रालयले मदिरा नियन्त्रण कार्ययोजना र लागुऔषध पूर्णरुपमा नियन्त्रण गर्ने प्रस्ताव तयार गरिरहेको बताएको छ ।

मदिरा नियन्त्रण गर्नका लागि यस अघि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ । मदिरा र लागुऔषधका कारण समाज विखण्डनदेखि अपराध बढेको निष्कर्ष निकाल्दै गृह मन्त्री थापाले पुराना ऐन–कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ योजना तयार पार्न गृह अधिकारीलाई निर्देशन दिएको बताइएको छ ।
गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको प्रवक्ता रामकृष्ण सुवेदीले बताए । गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार यो अभियानमा जनताको साथ र समर्थन आवश्यक देखिन्छ ।
सुवेदीले भने, लागु औषध र मदिराका कारण समाजमा कलहदेखि अपराध बढेका छन् । अझ लागुऔषधले त घर–समाज नै सखाफ भएको छ । उनले यसका लागि सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल भइरहेको समेत बताए ।





Comment