सानिमा लाईफ इन्स्योरेन्सको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा लाईफ इन्स्योरेन्सको नाफा कति ?



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो अघिल्लो त्रैमासको तुलनामा ८८ दशमलव ६० प्रतिशतले बढी हो ।

मङ्सिर २२ गतेदेखि कारोबार सञ्चालनमा आएको सानिमा लाइफ इन्स्योरेन्सको पुस मसान्तसम्ममा ३ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले बीमा समितीबाट असोज ७ गते लाइसेन्स प्राप्त गरेको थियो ।

जीवन बीमा कोष र महाविपत्ती कोषमा रकम नछुट्याएको कम्पनीले समिक्षा अवधिमा २ करोड ४६ लाख ५५ हजार ८ सय ५३ खुद बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो त्रैमासमा २५ बीमालेखबाट १६ लाख ३२ हजार ५ सय ४५ रुपैयाँ बीमा शुल्क आर्जन गरेको सानिमा लाईफले यो अवधिमा ६५९ बीमालेखबाट उक्त रकमको बीमा शुल्क आर्जन गरेको हो । बीमा शुल्क आर्जन अघिल्लो त्रैमासको तुलनामा १५ गुणा बढी हो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ६ करोड ६२ रुपैयाँ लाख छुट्याएको छ ।

प्रकाशित : २७ बैशाख २०७५, बिहीबार ०९:०८