गुराँस लाईफ ईन्स्योरेन्स र आईएमई जनरल ईन्स्योरेन्सको यस्तो छ अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुराँस लाईफ ईन्स्योरेन्स र आईएमई जनरल ईन्स्योरेन्सको यस्तो छ अवस्था



काठमाडाै । गुराँस लाईफ ईन्स्योरेन्स र आईएमई जनरल ईन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा सन्तोशजनकप्रगति गरेको बिबरण सार्वजनिक गरेका छन् ।

गुराँस लाईफले खुद बीमा शुल्क अघिल्लो आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा १८ करोडले बढाएर ८८ करोड पुर्याएको छ भने जीवन बीमा कोष तीन अर्ब ८६ करोड पुगेको छ । कम्पनीले आय पनि बढाउँदै लगेर खुद नाफा दुई करोड ८८ लाखबाट चार करोड नघाएको छ । यद्यपी यो बीमांकीय मूल्यांकन नभएको हिसाब हो । ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड र महाविपत्ति कोषमा दुई करोड ५९ लाख रुपैयाँ छ । कम्पनीले दुई लाख चार हजार जनाको जीवन बीमा गरेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ रहेको कम्पनीलाई चालु आर्थिक बर्ष भित्र एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने बाध्यता छ । उता बिगतमा एनबी समूहले धरासायी बनाएपछि हाथवे समूहले किनेको आईएमई जनरल ईन्स्योरेन्सले पनि आफ्नो अबस्थामा सुधार गरेको छ । कम्पनीले खुद बीमा शुल्क आर्जनलाई २३ करोडबाट २८ करोड पुर्याएको छ भने खुद नाफा ६ करोड २० लाखबाट आठ करोड २३ लाख पुर्याएको छ ।

कम्पनीको आम्दानीहरु बढ्दै गएका देखिएको छ । ५४ करोड चुक्ता पूँजी रहेको कम्पनीले यसै बर्ष एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यता छ । उसको प्रतिसेयर आम्दानी २० रुपैयाँ छ ।

प्रकाशित : २६ बैशाख २०७५, बुधबार १३:०६