श्रीएयरको हेलीकप्टर दुर्घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्रीएयरको हेलीकप्टर दुर्घटना



सोलुखुम्बु/ सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबाुर विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गाे लिएर स्याङबोचे गएको थियो। कार्गो सामान बोकेर गएको नाइन एन ए एच टी कल साइन भएको उक्त हेलीकप्टर धावनमार्गमा भासिएको थियो।

हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ । हेलीकप्टर अड्याउन काठले टेको दिइएको प्रत्यक्षदर्शी दीप राईले जानकारी दिए।
दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । हिमपात भएपछि धुले धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको हुन सक्ने बताइएको छ।

प्रकाशित : 9 May, 2018 11:10 am