हकप्रदका लागि सिद्धार्थ इन्स्योरेन्सको बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हकप्रदका लागि सिद्धार्थ इन्स्योरेन्सको बुक क्लोज



काठमाडौं । हकप्रद शेयर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सको शेयर दर्ता किताब बन्द हुने भएको छ । इन्स्योरेन्सले १० बराबर ३.५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसका लागि इन्स्योरेन्सले जेठ १ गते शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ । जेठ १ अगाडि नै इन्स्योरेन्सको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयरको आवेदन दिन पाउनेछन् ।

 

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ६० लाख रुपैया पुग्नेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ बैशाख २०७५, मंगलवार १३:०२