कोका–कोला स्थापनाको १३२ बर्ष पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोका–कोला स्थापनाको १३२ बर्ष पुग्यो



काठमाडौं । कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले आफ्नो स्थापनाको १३२ बर्ष पुरा गरेको हो । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिष्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।

आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैंमा युनिक छ, र यसले आफ्ना विश्वभरिका उपोभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराए जस्तै स्वाद दिदैं आएको छ ।

डा पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए । उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ । भनाई छ , डा. पेम्बर्टनले योसको सृजना गरेपछि यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी. क्याण्डलरले गरेका हुन् ।

आजको दिनमा विश्वका २ सय भन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको छ । नेपालमा पनि कोकाकोला सन् १९७९ मे ८ मा स्थापना भएको हो । अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्टहरु संचालनमा रहेका छन् । एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ भने अर्को चितवनको भरतपुरमा रहेको छ । कोकाकोला कम्पनीले विश्व भरिनै रिफ्रेस, प्रेरक र भ्यालु क्रियटलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

नेपालमा कोकाकोलाले व्यवसायमा स्थिरतलाई नै मान्यता लिएर अगाडि बढेको छ । कोकाकोला नेपालले नेपालमा रहेका बिभिन्न सरकारी अर्धसरकारी र समुदायसँग ‘गोल्डेन त्रिकोण’को अबधारण निर्माण गरि काम गर्दै आएको छ । यस्ता कार्यक्रम मार्फत साझेदारी गरि सरकारी तथा गैरसरकारी संस्था, समुदायलाई सक्रिय रुपमा सहयोग गर्दै सकारत्मक प्रभाव पुर्याउने प्रतिवद्धता जनाउँदै आईरहेको छ ।

कम्पनीले जलस्रोत, खानेपानी, सामुदायिक विद्यालयमा संचालित ‘वास’ कार्यक्रम, फोहोर संलकन तथा महिला शक्तिकरण जस्ता कार्यक्रमलाई अगाडि बढाउँने योजना समेत बनाएको छ ।

प्रकाशित : 8 May, 2018 12:30 pm