तेस्रो त्रैमासमा नेपाल लाइफको मुनाफामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तेस्रो त्रैमासमा नेपाल लाइफको मुनाफामा कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ४३ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ६ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा बीमाले नाफा ४० करोड ९६ लाख रुपैयाँ कमाएको थियो ।

३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको नेपाल लाइफ इन्स्योरेन्सले हाल ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडा तथा कोषमा ३ अर्ब ४८ करोेड २ लाख रुपैयाँ र जीवन विमा कोषमा ४७ अर्ब ६८ करोड २६ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ५२ दशमलव ३९ प्रतिशतले बढेर ८२ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १३५ दशमलव ४५ प्रतिशतले बढेर ३९ करोड ७ लाख रुपैयाँ पुगेको छ । आम्दानी भन्दा खर्च बढाएको हुँदा नाफामा खासै वृद्धि देखिएको छैन ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १० अर्ब ६९ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ भने गत वर्ष सोहि अवधिमा कम्पनीले ७ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन (खुद) गरेको थियो । कम्पनीले यस अबधिमा ३ अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत वर्ष सोहि अवधिमा १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने ६३ अर्ब १५ करोड २४ लाख रुपैयाँ र कुल दाबी भुक्तानी रकम ३ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा ११ लाख १२ हजार ५ सय ७९ वटा (संख्या) बीमालेख जारी गरेको छ भने २७ हजार ९ सय ४४ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १३ दशमलब २१ रुपैयाँ, पि ई अनुपात ८७ दशमलब ४० गुणा, प्रति शेयर नेटवर्थ १ सय ८६ दशमलब ५५ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार २ सय ७१ रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ बैशाख २०७५, मंगलवार ११:३०