ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव २७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५९ कम्पनीको ११ लाख २ हजार ५ सय ४८ कित्त सेयर बाट ४३ करोड ४२ लाख ४६ हजार ९ सय १३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ८१ दशमलव ७१ अंकले ओरालो लागेको छ । आज होटल समुुह ३९ दशमलव ९६ अंकले, लघुवित्त समुह २१ दशमलव ९ अंकले, विकास बैैैैैक समुह १४ दशमलव ४६ अंकले, उतपादनमुलक समुह १० दशमलव ९४ अंकले,जलविधुत समुह ६ दशमलव ३७ अंकले, बैँक समुह ५ दशमलव १ अंकले,फाइनान्स समुह ४ दशमलव १२ अंकले ओरालो लागेको छ ।
आज अन्य समुह भने उकालो लागेको छ । आज अन्य समुह ० दशमलव ३४ अंकले उकालो लागेको छ ।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार १५:५४