गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगितामा एन आई सी एशिया प्रथम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगितामा एन आई सी एशिया प्रथम



काठमाडौं । नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरीएको गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एन आई सी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ ।

यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये एन आई सी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो । एन आई सी एशिया बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउदै आईरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १९९ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आईतवार २१:१०